नुवाकोट । प्रतिनिधिसभा सांसद एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङले पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भइसकेको र औपचारिकता दिन मात्रै बाँकी रहेको बताउनुभएको छ ।
गाउँपालिकामा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री तामाङले विगतको काम र माओवादीप्रति मतदाताको आकर्षणका कारण पञ्चकन्या गाउँपालिकामा माओवादीतर्फका अध्यक्षका उम्मेदवार तेजबहादुर तामाङ्, विमला पाठक केसी टिमसहित पाँचैवटा विजयी भइसकेको बताउनुभएको हो । 'मलाई विश्वास लागेको छ उहाँहरु विजय भइसक्नु भएको छ । हामीलाई मात्र औपचारिक पूरा गर्न बाँकी छ ।' मतदातालाई सुरक्षितरुपमा ल्याएर पाँचै वटा वडामा सातै छाप लगाउनु दिनुपर्नेमा उहाँको भनाइ थियो ।
नेपाली कांग्रेसको घमण्डका कारण पञ्चकन्या र नुवाकोटका अधिकांश पालिकामा गठबन्धन बन्न नसकेको भन्दै पञ्चकन्यामा भने कांग्रेसले जित्ने अधिकार नभएको र नजित्ने बताउनुभयो । 'नुवाकोटका निर्वाचन क्षेत्र नम्बर १ का पालिकामा हामी बलिया छौं । हामी एक्लै जित्छौं । माओवादी केन्द्र जरुरी ठानेन,' उहाँले चुनौती दिँदै भन्नुभयो, 'हामी पनि कम छैनौं । कांग्रेसको घमन्डको बदला घमण्ड गर्न खोजिराखेका छैनौं ।
पञ्चकन्यामा यसअघि कांग्रेसलाई धुलो चटाएका थियौं। सुशासन, विकास के हुने रहेछ भनेर देखाइसकेका छौं, त्यसैले कांग्रेसले जित्ने अधिकार छैन, जित्दैन ।' उहाँले जसको नीति उसको नेतृत्व आवश्यक रहेको बतानउनुभयो । 'ज्यान हत्केलामा राखेर संघीय व्यवस्था ल्यायौं । संविधान ल्यायौं । गाउँपालिका नेपाली कांग्रेसको दम्भमात्रै होइन ।
विगतमा हाम्रा जनप्रतिनिधिहरुहो कामको संरक्षण गर्न र उहाँहरुले गर्न बाँकी कामहरुलाई पूर्णता दिन र हाम्रो पार्टी तथा उम्मेदवारले लाइनमा राखेका कामका लागि यस गाउँपालिकामा २७ जना प्रतिनिधिले नै विजयी हुनुपर्छ । शुभकामना विजयीका लागि । अग्रिम बधाई पनि' उहाँले भन्नुभयो ।