नुवाकोट । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ५ मा अवरुद्ध मतदान झण्डै ३ घण्टापछि पुन: सञ्चालन भएको छ । दलीय प्रतिनिधिसहितको मिटीङले तत्काल चुनाव सुचारु गर्ने तर पार्टीले नीज रामजङ्ग बुढाथोकीलाई कारवाही नगरे सम्म मतगणना नहुने सहमतीपछी स्थगित चुनाव सुचारु भएको हो ।
निर्वाचन शान्तपूर्वक संचालन भैरहेका बेला वडा सदस्यका उमेदवार समेत रहेका नेपाली काङग्रेसका रामजङ्ग बुढाथोकीले गेटमा बसी पैसा बितरण गरी रहेको अन्य पार्टीको कार्यकत्ताले देखेपछि झडपको सिर्जना भएको थियो । झडपपछि पारस्परिक छलफलपछि मतदान भएको हो । झडप अघि ८३४ मत खसेको थियो । कुल मतदाता संख्या ३२ सय ४० रहेको मतदान केन्द्रमा बेलुकी अबेर सम्म मतदान सम्पन्न हुने बताएकाछन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९, १३:५९:००