नुवाकोट । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का तेजबहादुर तामाङको अग्रता कायमै रहेको छ ।
पछिल्लो ताजा परिणाम शनिबार राति साढे ८ बजेसम्मको अनुसार अध्यक्षका उम्मेदवार तामाङले २१० मत पाउनुभएको छ भने नेपाली कांग्रेसतर्फका अध्यक्षका उम्मेदवार माधवप्रसाद खनालले १८१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनएको छ ।
मतगणना गाउँपालिकाको कार्यालय घलेभञ्ज्याङमा जारी छ । ५ वटा वडा रहेको पालिमामा शुक्रबारको मतदानमा १० हजार ५३२ मत खसेको छ ।
माओवादी केन्द्र
१) पालिका अध्यक्ष= २१०
२) उपाध्यक्ष =२०३
३) वडा अध्यक्ष=१९९
कांग्रेस
१) पालिका अध्यक्ष= १८१
२) उपाध्यक्ष =१७४
३)वडा अध्यक्ष=१८४
एमाले
१) पालिका अध्यक्ष= ६०
२) उपाध्यक्ष =६८
३)वडा अध्यक्ष=६८
राप्रपा
१) पालिका अध्यक्ष= २२
२) उपाध्यक्ष =२७
३)वडा अध्यक्ष=२७
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, १७:२९:००