बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ ।
गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो । यस्तै गुलरिया नगरपालिका १ का अध्यक्ष थारूले एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्य १ ले एक हजार दुई सय ८६ र खुल्ला सदस्य २ ले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, १७:४४:००