नुवाकोट । नुवाकोट तादी गाउँपालिका वडा नं २ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बच्चुराम तामाङ भारी मतान्तरले निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत शनिबार अपराह्न सम्पन्न मतगणनाको परिणामअनुसार ९४९ मतसहित तामाङ वडाध्यक्षमा विजयी बन्नुभएको हो । उहाँ यसअघि पनि निर्वाचित अध्यक्ष हुनुहुन्छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार ५१६ मतान्तरले पराजित भएको माओवादी केन्द्रका युवा नेता प्रदीप शर्माले जानकारी दिनुभयो ।
यसैबीच नवनिर्वाचित वडाध्यक्ष तामाङले वडावासी र मतदातालाई धन्यवाद दिनुभएको छ । निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्नुहुँदै अघिल्लो कार्यकालको अधुरा-अपुरा कार्ययोजनाहरु पूरा गर्ने प्रतिबद्धतासहित नयाँ योजनाहरुबाट समृद्ध वडा र समग्र वडा विकासमा सदा अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वडाध्यक्ष तामाङको स्टाटस् जस्ताको तस्तै
देशब्यापी रूपमा बैशाख ३० गते शुक्रवार सम्पन्न निर्वाचनमा सहभागी हुनुभइ न्यायपुर्ण रुपमा आफ्नो अमुल्य मत दिएर मलाई बिजय हाशिल गराउनु भएकोमा सम्पुर्ण वडावाशी एवं न्यायप्रेमी मतदाताहरुमा हृदयदेखि हार्दिक आभार सहित धन्यवादज्ञापन व्यक्त गर्द्छु । तपाईँहरुको यो उत्साहजनक सहभागिताले सङ्गिय लोकतान्त्रिक गणतन्त्र पद्धतिलाई विश्वास गरेको प्रमाणिात गरेको छ । तपाईँहरुको यो शुभेच्छा, साथ, सहयोग अनि बिश्वासले सकारात्मक उर्जा संगै थप जिम्मेवारीबोध महसुस गरेको छु । अघिल्लो कार्यकालको अधुरा-अपुरा कार्ययोजनाहरु पुरा गर्ने प्रतिबद्धता सहित नयाँ योजनाहरु सहित समृद्ध वडा र समग्र वडाबिकासमा सदा अगाडि बढीरहनेछु भन्ने बिश्वास दिलाउदै पुनः यहाँहरुप्रती हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्द्छु । धन्यवाद ।
बच्चुराम तामाङ
नेकपा माओवादी केन्द्र
उम्मेदवार: वडा अध्यक्ष
तादी गा.पा. २ नुवाकोट
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, १८:१४:००