चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिनुभएको छ ।
भरतपुर महानगरपालिका १ मा ३ सय ५० मत गन्दा रेनु दाहालले १ सय ३३ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदी १ सय २७ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ सय ६३ र राप्रपाकी हिमला गुरुङले ९१ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, १८:२६:००