काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी लुम्बिनीमा आउने निश्चित भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आज भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षा फैज सहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरि फर्किएका छन् । अहिले भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरु लुम्बिनी आइपुगका छन् । २५६६ औं बुद्धजयन्ति तथा लुम्बिनी दिवस २०७९ को अवसरमा मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ । पाँच हजार जना अट्ने क्षमताको अन्तराष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले मायादेवी मन्दिरमा पुजआजा गरि सकेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । गृह मन्त्री बालकृष्ण खाँड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, परराष्ट्र मन्त्री बनेका नारायण खड्का भोली लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
अहिले लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारीएको छ भने भैरहवा देखि लुम्बिनी सम्मको सडक चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, १९:१०:००