महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ८ मा मतगणना अवरुद्ध भएको छ ।
नेकपा एमालेले धाँधली भएको भन्दै विवाद सिर्जना गरेपछि मतगणना कार्य अवरुद्ध भएको हो । नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार रुद्र बहादुर किंगरिंगले शुरुआती अग्रता लिनुभएको थियो । निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गर्दै नौ मतले नेकपा माओवादीका उम्मेदवार शमशेर लामा विजयी भएको घोषणा गरेपछि विवाद भएको हो ।
निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादीका उम्मेदवारलाई धाँधली गरेर जिताएको एमाले नेता फाल्गुन सुशलिंगको आरोप छ । अहिले यहाँको माहोल निकै तनावपूर्ण बनेको छ। एमालेका नेता कार्यकर्ता, समर्थकहरुले नाराजुलुस लगाइरहेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, १९:५१:००