काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।
७ हजार ६ सय १८ मतगणनामा शाहले ३ हजार १ सय १० मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मत प्राप्त गर्नुभएको छ । स्थापित शाहभन्दा झन्डै दोब्बरले मतले पछाडि पर्नुभएको छ ।
यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय २ मत प्राप्त गर्नुभएको छ । राप्रपाका मदनदास श्रेष्ठले २ सय ८२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ सय ८१ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता बनाइ रहनुभएको छ ।
उहाँले २ हजार ९ सय ५५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ सय ५० मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, १६:५१:००