काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ३ सय मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८ सय थियो ।
आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २ सय ७० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८ सय ४६ डलर आसपास कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९, १२:०४:००