न्यूयोर्क । तामाङ समाज अमेरिकाले चर्चित गायक राजु लामा (मंगोलियन हर्ट)लाई सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी सांगीतिक प्रस्तुति गरेकोले समाजले १२ जुन आइतबार एक कार्यक्रमबीच लामालाई सम्मान गरेको हो । गत १६ मे २०२२ बुद्ध जयन्तीका दिन गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । लामाले तामाङ समाजको नाम चम्काउन र विश्वसामु चिनाउन योगदान पुर्याएको भन्दै तामाङ समाज अमेरिकाले सम्मान गरेको जनाएको छ ।
तामाङ समाज अमेरिकाका अध्यक्ष छेमाङ तामाङको सभापतित्वमा भएको कार्यक्रममा लामालाई उपस्थित संस्थाका पदाधिकारी, अतिथि तथा सहभागीहरुले खादा अर्पण गरी सम्मान गरेका थिए ।
कार्यक्रममा आरोही पासाङ निमा शेर्पा, तामाङ समाज अमेरिकाका संस्थापक अध्यक्ष सुवास लामा, पूर्वअध्यक्षहरु गोमा योञ्जन, सानुमाया तामाङ, इन्द्र तामाङ, भरत तामाङ, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा, समाजसेवी मञ्जु लामा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष छोन्जुम लामा, बोर्ड सदस्य सुनिता लामालगायतको बाक्लो उपस्थिति थियो ।
बोर्ड सदस्य चन्द्र बज्यू तामाङले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थापक अध्यक्ष सुवास लामाले राख्नुभएको थियो । उहाँले राजु लामाको कार्यबाट संसारवासी नेपाली खुसी भएको उल्लेख गर्दै तामाङ समुदायमा झन् गर्व महसुस गराएको बताउनुभयो ।





प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९, १६:२७:००