मकवानपुर । नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश समिति (ताम्सालिङ) ले वाग्मती प्रदेशका स्थानीय तहहरुमा निर्वाचित तामाङ जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
हेटौंडामा मंगलबार बिहान एक कार्यक्रबीच प्रदेशभित्रका १३ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिइएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामासहित १३ वटै जिल्लाका विभिन्न पालिकाबाट निर्वाचित धेरैजसो प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता थियो । वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
घेदुङका वाग्मती प्रदेश अध्यक्ष लिलाकुमार घलान, प्रमुख अतिथि समाजिक विकासमन्त्री मोक्तान, विशेष अतिथि नेपाल तामाङ घेदुङ संघीय समितिका महासचिव काजीमान थिङलगायतले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट उहाँहरु विभिन्न राजनीतिक दलबाट निर्वाचित हुनुभएको हो । 




प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९, १०:०८:००