काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकदेखि शून्य र विशेष समय दुवै चल्ने भएको छ। यसअघि शून्य समय चल्ने गरेको भए पनि विशेष समय भने चल्ने गरेको थिएन।
विनियोजन विधेयक र अर्थसँग सम्बन्धित विधेयकहरु प्रतिनिधि सभाबाट पारित भएपछि आजदेखि सभामा थाति रहेका विधेयकहरुमा छलफल अघि बढाइने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकारले बताउनुभयो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयमा सोमबारको बैठकमा सभामुखले रुलिङ गरेपछि आजको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९, १३:१३:००