काठमाडौं । नेपाल लोकतान्त्रिक पार्टीका महासचिव र उपमहासचिवलाई ७ दिनभित्र स्पष्टीकरण सोधिएको छ । पार्टीको अनुशासन र आचर्णविपरीत कार्य गरेको भन्दै महासचिव हितबहादुर मोक्तान र उपमहासचिव वृत्तबहादुर तामाङलाई बुधबार सार्वजनिक सूचनामार्फत स्पष्टीकरण सोधिएको हो ।
अध्यक्ष भानुराम डगौरा थारुको नामबाट जारी सूचनाअनुसार महासचिव मोक्तान लिखित जानकारी नै नदिई एक वर्षभन्दा बढी समयदेखि केन्द्रीय समिति र स्थायी समिति बैठकमा सहभागी नभएको र उपमहासचिव तामाङ पार्टीको अनुशासन र आचारणविपरीत कार्य गरेकोले पटक-पटक स्पष्टीकरण माग्दासमेत नदिएकोले अन्तिम पटक मौका दिइएको हो ।
यस पटक पनि तोकिएको म्यादभित्र स्पष्टीकरण नदिए विधानबमोजिम कारबाही हुने जनाइएको छ । 'पार्टीको विधान २०७४ को धारा १३८ को उपधारा (९) र (१०) बमोजिम तपाईंहरुलाई कारबाही किन नगर्ने, नगर्नुपर्ने कारण भए यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्पष्टीकरण पेस भएमा विधानबमोजिम कारबाही भइजाने व्यहोरा जानकारीका लागि अन्तिम पटक सूचना जारी गरिएको छ,' सूचनामा लेखिएको छ ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९, २२:०३:००