काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ इजरायलको १० औं साधारणसभाबाट अध्यक्षमा नानीमाया योन्जन तामाङ निर्वाचित हुनु भएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा डिकबहादुर तमु, उपाध्यक्षहरुमा ज्योति प्रधान श्रेष्ठ, भक्त पुन मगर, छिरिङ म्हेन्दो स्याङ्बा ह्योल्मो र ल्हेमी शेर्पा हुनुहुन्छ ।
यस्तै महासचिवमा ईन्द लावती लिम्बु, प्रमुख सचिवमा जमुना थापामगर, सचिवहरुमा सोनी तमुस्यो, तुलसा तुम्बाहाङ्फे लिम्बु, खेन्दो ओम ह्योल्मो र रन्जना ग्याबा तामाङ निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्ष पासाङ डोमा शेर्पा निर्वाचित हुनु भएको महासंघले जनाएको छ ।
जुन १७ सन् २०२२ मा इजरायलको लेभेन्स्कीमा सम्पन्न साधारणसभाबाट नयाँ पदाधिकारी चयन भएको हो । 'विश्वका आदिवासी जनजति एक हौं, आफ्नो भेषभुषा, भाष, लिपि, कला, संस्कृतिको संरक्षण तथा संवर्द्धन गरौं' भन्ने मूलनाराका साथ दसौं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरिएको हो ।
.jpg)
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९, ०८:४१:००