काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २५० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९, ११:२०:००