सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० लागि ६३ करोड २३ लाख ३३ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
असार ७ गते गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष विमला माझीले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्नुभएको हो । सार्वजनिक बजेटअनुसार चालु खर्चतर्फ १९ करोड, ५० लाख ९९ सय हजार ८ सय र पुँजीगत खर्चतर्फ १६ करोड ६२ लाख ४० हजार रहेको छ ।
त्यस्तै सशर्त अनुदानतर्फ २२ करोड ५४ लाख २४ हजार, समपुरक अनुदानतर्फ ३ करोड ५ लाख ७० हजार र विशेष अनुदानतर्फ १ करोड ५० लाख रुपँयाँ विनियोजन गरिएको उपाध्यक्ष माझीले जानकारी दिनुभयो ।
उहाँले बजेटको आन्तरिक स्रोततर्फ २४ करोड १२ लाख १९ हजार ८००, संघबाट ३३ करोड ५४ लाख, प्रदेश सरकारबाट ५ करोड ५७ लाख १४ हजार रुपैयाँ स्रोत व्यवस्थान हुने बताउनुभयो ।
बैठकमा मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
पूर्णपाठ
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९, १२:१४:००