काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सिजि नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिष्ठित आईपीटिभी सेवा सिजिनेट जोडी योजना सुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउनेछन् ।
आइपीटिभीअन्तर्गत २५७ च्यानल उपलब्ध हुनेछन् भने ती च्यानलमध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । तीमध्ये ५० भन्दा बढी इन्टरटेन्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पोर्टस च्यानललगायतका च्यानलहरु हुनेछन् । यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जी नेटवर्कलगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरुका लागि न्यून शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा सुरु गरेको हो ।
सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटिभी) को प्रति महिना ८१०, पपुलार जोडी (१५५ एमविपिएस प्लस आइपीटिभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रति महिना १३७४ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीले त्रैमासिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको रु. २ हजार ६ सय ४०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको रु. ३ हजार ७ सय ५० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टिभीको रु. ९ हजार ७ सय २० लाग्ने जनाएको छ ।
वार्षिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको रु. ९ हजार ७ सय २०, पपुलार जोडी एमवीपिएसको साथमा आइपी टिभीको रु. १२ हजार ६ सय ६० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टिभीको रु. १६ हजार ४ सय ८८ लाग्ने जनाएको छ । उल्लिखित दररेटमा १३ प्रतिशत भ्याट थप लाग्ने विज्ञप्तिमा उल्लेख छ । सेटअप बक्सका लागि ग्राहकले एकपटक रु. २ हजार ६ सय शुल्क तिर्नु पर्नेछ । यसका साथै सिजिनेटले बदलिँदो समय अनुरुपमा निरन्तर रुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने जनाएको छ ।
सिजी डिजिटलले सिजि नेटसँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफरअन्तर्गत ग्राहकले दुई फरक स्किम प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमवीपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी रु. ३५ हजार ९ सय ९९ मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी रु. २५ हजार ४ सय ९९ मा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यी जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, सम्पर्क वा दराज अनलाइनमार्फत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख सहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।