नुवाकोट । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोट शिवपुरी गाउँपालिका अध्यक्षमा अस्मिता ठकुरी चयन हुनुभएको छ ।
अखिल (क्रान्तिकारी) शिवपुरी गाउँपालिकाको शुक्रबार भएको प्रथम भेलाबाट ठकुरीको नेतृत्वमा समिति निर्माण भएको हो । भेला गाउँपालिका इन्चार्ज गणेश उप्रेतीको प्रमुख आतिथ्यतामा भएको थियो ।
भेलाबाट अखिल (क्रान्तिकारी) को शिवपुरी इञ्चार्ज लक्ष्मन तामाङ, अध्यक्ष ठकुरी, उपाध्यक्ष करुण रुम्बा, उपाध्यक्ष दोर्जे तामाङ, सचिव विकास भेटुवाल, सहसचिव सुवास सुनार, कोषाध्यक्ष छिरिङ तामाङ चयन हुनुभएकोछ ।
यस्तै सदस्यहरुमा सुना तामाङ, अनिशा तामाङ, रामभक्त कार्की, राजीव तामाङ, नमराज तामाङ, समीर सुनार, रिना तामाङ, पेम्बा तामाङ, पुनम तामाङ, दीपा थापा, रविन तामाङ, सुवास तामाङ, रश्मी श्रेष्ठ, पार्वती बुढाथोकी, सुवास तामाङ, सिद्धार्थ तामाङ, सुमन नेपाली, रेणुका खाती, अनिल मगर, मनिता केसी, दिपेश ठकुरी, कमला गोतामे, उर्मिला तामाङ, सिद्धार्थ उप्रेती, अनुषा स्याङ्तान, रश्मी मिजारलगायत छन् ।