नुवाकोट । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को नुवाकोट पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा रमेश विक चयन हुनुभएको छ ।
शनिबार भएको प्रथम भेलाबाट विकको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कमिटी निर्माण चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा कमल लामा, उपाध्यक्षहरुमा पुजा नेपाली, जेनिषा तामाङ, सचिवमा सागर ढुंगाना, कोषाध्यक्ष ईश्वरी बराम, सहसचिवद्वयमा मिना नेपाली र सुष्मा नेपाली चयन हुनुभएको माओवादी केन्द्र पञ्चकन्या वडा नं ३ का इन्चार्ज छिरिङ दोर्जे तामाङले जानकानी दिनुभयो ।
उहाँका अनुसार सदस्यहरुमा मिना तामाङ, सविना थपलिया, रन्जित तामाङ, सुनिता तामाङ, रमिला तामाङ, जुना तामाङ, दिनेश तामाङ, रन्जिता नेपाली, सुनिता तामाङ, मथुरा तामाङ, सविना तामाङ (ख), दिनेश तामाङ, सीता तिमल्सेना, राजेश सुनुवार, मनिका प्रधान, राजीव सुनुवार, विनिसा विकलगायत छन् ।
माओवादी केन्द्र नुवाकोट सचिवालय सदस्य एवं पञ्चकन्या गाउँपालिका निर्वाचित अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको भेलामा माओवादी केन्द्र नुवाकोट जिल्ला सदस्य तथा पञ्चकन्या इन्चार्ज मणिनाथ लामिछाने विशेष अतिथि थिए ।
अतिथिहरुमा माओवादी केन्द्र वाग्मती प्रदेश शिक्षा, मानव विकास तथा संशाधन विभाग सदस्य रामबाबु पराजुली, पञ्चकन्या गाउँपालिका अध्यक्ष मिनबहादुर केसीलगायत सहभागी थिए ।